Pages

Thursday, November 4, 2010

आकाश अनि त्यो आकाश- १

कोलाहलताको भूमरीबाट एक पाइला
उमङ्ग, उत्साह र कठोरताको समिपबाट,
आज फेरी बदलिएको छ त्यो आकाश
सबल, निडर अनि आफ्नोपन बोकेर।

निस्पट्ट तिम्रो एक जमानाको रुप
सम्झदा मस्तिष्कले हैसियत छोड्छ
कठोर थिए, निर्ममता कहिल्यै छुटेन,
नव कांचुलिको पर्खाइमा प्रयास कहिल्यै टुटेन।



बारुदसंगै बित्ने गरेका तिम्रा साझं
उकालिसंगै ओराली र अटुट प्रयास देखिरहें
सल्बलाएका यी हातहरु सम्हालि
आकाश अनि तयो आकाश हेरिरहें।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...